यी हुन् एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने खेलाडी

376
  • भाइरस

काठमाडौं । सन् १९७१ मा पहिलो पटक अष्ट्रेलिया र इंग्ल्याण्डबीच देशको एकदिवसीय क्रिकेट प्रतियोगिताको सुरु भएको थियो । सुरुवाती दिनमा एकदिवसीय खेल ६० ओभरको हुने गर्दथ्यो । पछि त्यसलाई परिमार्जन गर्दै ५० ओभरमा छोट्याइयो । अहिलेसम्म २८ वटा देशले चार हजार २ सयभन्दा बढी एकदिवसीय खेल खेलेका छन् ।

एकदिवसीय क्रिकेटमा धेरै खेलाडीले भिन्नभिन्ने विद्यामा रेकर्डहरु राखेका छन् आज हामीले दोहोरो शतक प्रहार गर्ने खेलाडीका विषयमा चर्चा गर्ने छौं । पुरुष क्रिकेटभन्दा अघि महिला क्रिकेटमा यसअघि नै दोहोरो शतक प्रहार भइसकेको थियो । सन् १९९७ मा अष्ट्रेलियाका बेलिण्डा क्लार्कले पहिलो पटक दोहोरो शतक प्रहार गरेकी थिइन् ।

पुरुष अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेको करिब ३९ वर्ष पछि पहिलो पटक सचिन तेन्दुल्करले दोहोरो शतक बनाए । पछिल्लो समयसम्म एकदिवसीय मान्यता प्राप्त २८ देशका खेलाडीले आठ पटक मात्र दोहोरो शतक बनाउने उपलब्धि हासिल गरेका छन् ।

जसमध्ये पाँच पटक भारतीय खेलाडीले मात्र दोहोरो शतक बनाएका छन् । पाकिस्तान, वेष्ट इण्डिज र न्युजिल्याण्डका एक–एक जना खेलाडीले उक्त कीर्तिमान बनाएका छन् । कतिपय अवस्थामा टोलीका सबै खेलाडीले ब्या टिङ गर्दा समेत दुई सय रनको आंकडा छुन सकिरहेको हुँदैन ।

दोहोरो शतक बनाउने खेलाडी

१. सचिन तेन्दुल्कर (भारत)-२००*


भारतीय खेलाडी सचिन रमेश तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक प्रहार गर्ने खेलाडीको रुपमा कीर्तिमान राखे । सचिनको नाममा सबैभन्दा धेरै एकदिवसीय रन, सय शतक, एकदिवसीय खेलमा धेरै शतक जस्ता धेरै कीर्तिमानहरु रहेका छन् ।

ग्वालियरस्थित क्याप्टेन रुप सिंह स्टेडियमा भएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ४०१ रन बनाएको थियो ।

अन्तिम ओभरमा सचिन १९९ रनको स्थितिमा रहेको अवस्था थियो । स्ट्राइकमा महेन्द्र सिंह धोनी थिए । धोनीले पहिलो बलमा छक्का तथा दोस्रो बलमा एक रन लिदै सचिनलाई स्ट्राइक दिएका थिए । सचिनले चार्ल लेन्गेभल्डको बलमा एक रन लिँदै दोहोरो शतक पुरा गरे । उक्त खेलमा भारत १५३ रनले विजयी भएको थियो ।

२. विरेन्द्र सहवाग (भारत)–२१९


सचिन तेन्दुल्करले दोहोरो शतक प्रहार गरेको करिब एक वर्षपछि उनका ओपनिङ जोडी विरेन्द्र सहवागले एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाएका थिए ।

१४९ बल खेलेका सहवागले ७ छक्का र २५ चौंकाको सहयोगमा २१९ रन बनाएका थिए । नियमित कप्तान महेन्द्र सिंह धोनीको अनुपस्थितिमा कप्तानको भुमिका समेत निर्वाह गरेका सहवाग एकदिवसीय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गर्ने कप्तान समेत बने ।

सो खेलमा भारत १५३ रनले विजयी बन्दा अर्को संयोगसमेत बन्यो । सचिन र विरुले दोहोरो शतक प्रहार गर्दा विपक्षी टोली समान १५३ रनले पराजित भएको थियो ।

३. रोहित शर्मा (भारत) –२६४, २०९, २०८*


भारतीय ओपनर रोहित शर्मा एकमात्र खेलाडी हुन् । जसले एकदिवसीय क्रिकेटमा दुई वा सोभन्दा बढी दोहोरो शतक प्रहार गरेका छन् । उनले एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक बनाएका छन् ।

 सन् २०१३ मा भारतीय ओपनर रोहित शर्माले पहिलो पटक एक दिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्दै दाेहाेराे शतक बनाउने तेस्रो भारतीय खेलाडी बनेका थिए । उनले अष्ट्रेलियाविरुद्ध एकदिवसीय सिरिजको ७औं खेलमा २०९ बनाउँदै कीर्तिमान बनाएका थिए । यस्तै, सन् २०१४ र २०१७ मा श्रीलंकाविरुद्ध २६४ तथा २०८ रन बनाएका थिए ।

४. क्रिस गेल (वेष्ट इण्डिज)–२१५


वेष्ट इण्डिजका क्रिस गेल (युनिभर्स बोस) एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो भारतीय उपमहाद्वीप बाहिरका खेलाडी बने । उनले २१५ रन बनाएका थिए । उनले अष्ट्रेलियामा भएको विश्वकप अन्तर्गत समूह बीमा रहेको जिम्बाब्वेविरुद्ध उक्त रेकर्ड बनाएका हुन् ।

१४७ बलको सामना गरेका गेलले १६ छक्का र १० चौंकाको मद्धतमा २१५ रन बनाएको थियो । डर्क वर्थ लुइसका आधारमा वेष्ट इण्डिज ७३ रनले विजयी भएको थियो । गेल विश्वकपमा दोहोरो शतक बनाउने पहिलो खेलाडी समेत बने ।

५. मार्टिन गुप्टिल (न्युजिल्याण्ड)–२३७*


न्युजिन्याण्डका मार्टिन गुप्टिल विश्वकपमा दोहोरो शतक बनाउने दोस्रो खेलाडी बने । उनले २०१५ विश्वकपको क्वाटरफाइनल खेलमा वेष्ट इण्डिजविरुद्ध २ सय ३७ रनको पारी खेले ।

टस जितेर पहिले व्याटिङ रोजेको न्युजिल्याण्डले ३ सय ९३ रन बनाएको थियो । १६३ बलमा ११ छक्का र २४ चौंकाको सहयोगमा २३७ रन बनाएको थियो ।

६. फखर जमान (पाकिस्तान)–२१०*


पाकिस्तानका २९ वर्षीय प्रारम्भिक व्याट्सम्यान फखर जमान एकदिवसीय क्रिकेटमा पछिल्लो समयमा दोहोरो शतक प्रहार गर्ने खेलाडी बनेका हुन् ।

कुइन्स स्पोर्ट्स क्लब बुलवायोमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले पहिलो विकेटका लागि इमाम उल हकसँग ३ सय ४ रनको साझेदारी पारीलाई अगाडि बढाएका फखर जमानले २१० रनमा नटआउट रहे ।

जमानले १४८ मा पाँच छक्का र २४ चौंकाको मद्धतमा दोहोरो शतक प्रहार गरेका थिए । पाकिस्तान उक्त खेलमा २ सय ४४ रनको फराकिलो अन्तरले विजयी भएको थियो ।

अहिलेसम्म बनेका आठ वटै दोहोरो शतक पहिलो पारीमा बनेका हुन् ।

*  नटआउट

Share This:
सम्बन्धित खबर
Loading...