एमाले महाधिवेशन : कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

6

महेन्द्रनगर, १४ मङ्सिर । नेकपा (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित हुनुभएको छ ।

यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित हुनुभएको हो । साथै, युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट हुनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र–२ भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन हुनुभएको हो । महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन हुनुभएको छ भने युवातर्फबाट पनि प्रवीण बोगटी चयन हुनुभएको छ भने दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित हुनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...