दुई थान पेस्तोलसहित एक जना पक्राउ

7

रौतहट, ६ मङ्सिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ देउरालीचोकबाट अवैध पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरिएको छ ।

आज दिउँसो सशस्त्र प्रहरीको टोलीले मकवानपुरको हेटौँडा उमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्यलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सन्तपुरको टोलीले हातहतियारसहित आचार्यलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...