उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार

9

गोरखा, २७ कात्तिक । उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित बुधबार सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुङको भनाइ छ ।

लामाको यो पहिलो सुत्केरी हो । उहाँले चुम्चेत स्वास्थ्य चौकीमा बच्चा जन्माएकी अनमी कल्पना सिंहले जानकारी दिनुभयो । अवधि पूरा नभई सुत्केरी भएको र शिशुको तौल कम भएकोसँगै दूध चुस्नै नसकेकाले तत्काल उद्धार गर्नुपरेको अनमी सिंहले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...