धनुषामा महिलाको हत्या र लुटपाट प्रकरणमा एक महिला पक्राउ

9

जनकपुर, २६ कात्तिक । धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको हंसपुर नगरपालिका–७ की ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षीया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

मण्डलको साथबाट लुटी लगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।

गत सोमबार राति ९ बजे मृतक दासको शव उनको घरबाट ५०० मिटर टाढा फेला परेको थियो । धनुषा प्रहरी पक्राउ परेकी मण्डललाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...