राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

10

काठमाडौँ, २४ कात्तिक । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्न नेकपा (एमाले)ले सशक्त भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ ।

आज यहाँ आयोजित पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमालेले सही बाटोमा ल्याउने काम गरेको उल्लेख गर्नुभयो ।

नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उहाँले बताउनुभयो ।

मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई नेकपा एमाले नेतृत्वको सरकारले विकास र विस्तार गरेको स्मरण उहाँले गराउनुभयो ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै वामपन्थी, राष्ट्रवादी शक्ति एमालेमा एकत्रित हुन जरुरी भएको महासचिव पोखरेलको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...