खाँदबारी, १६ कात्तिक । सङ्खुवासभाको धर्मदेवी नगरपालिका कार्यपालिका सदस्यको हृदयघातका कारण मृत्यु भएको छ ।
धर्मदेवीनगरपालिका–८ निवासी कार्यपालिका सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण मृत्यु भएको नगरप्रमुख उदयचन्द्र पौडेलले बताउनुभयो । उहाँको शनिबार उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।
शुक्रबार हृदयघात भएपछि सदस्य कार्कीलाई तत्कालै नोबेल अस्पताल भर्ना गरिएको थियो । उहाँको मृत्युको सोकमा आइतबार एकदिन नगरपालिकाअन्तरर्गतका सम्पूर्ण कार्यालय बिदा दिने निर्णय भएको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।