म्याग्दी, २८ असोज । म्याग्दीको मालिका गाउँपालिका–४ फुलबारीमा निःशुल्क दन्त शिविरबाट४५० जना लाभान्वित भएका छन् । यही असोज २५ देखि २८ गतेसम्म फुलबारीको पुरुषोत्तम आधारभूत विद्यालयमा हिमालयन परियोजना नेपालको संयोजन र छहारी युवा क्लवको आयोजनामा शिविर सञ्चालन भएको थियो ।
छहारी युवा क्लबका कार्यक्रम संयोजक तुलन बुढाका अनुसार शिविरमा फुलबारी, निस्कोट, रुम, डाडागाउँ, ओखरबोट, च्युरीबोट, दरवाङ लगायत ठाउँका बासिन्दाले सेवा लिएका थिए । पोखराको नयाँगाउ डेन्टल क्लिनिकले प्राविधिक सहयोग गरेको हो ।
शिविरमा डा.सदीक्षा कोइराला, ऋचा पौडेल, जुनु श्रेष्ठ, सुजित शर्मा, मोचन श्रेष्ठ, किरण कडेल, शङ्कर राना, नर्स सनिषा पुर्जामगर, सम्झना आले रानालगायतले सेवा दिनुभएको थियो । हिमालयन परियोजना नेपालका संयोजक पावेल भण्डे मोर्टल र छहारी युवा क्लवका पदाधीकारी तथा सदस्यहरुले शिविरको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो ।