वर्षा रोकिएसँगै सप्तकोसी नदीको बहाव घट्दो

18

सुनसरी, २० असोज । अविरल वर्षा राकिएसँगै सप्तकोसी नदीको बहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ ।

गएराति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

अहिले कोसी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उहाँले बताउनुभयो । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...