बस दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत् काठमाडौँ ल्याइयो

19

काठमाडौँ, १७ असोज । महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ ल्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र ४० जना घाइते भएका थिए ।

यस्तै, नेपाली सेनाले कर्णाली नदीको चिसापानी खण्डमा माछा मार्ने क्रममा डुबेका एक व्यक्तिको शव आज उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, कैलालीबाट खटिएको फौजले अन्य सुरक्षा निकाय तथा स्थानीयको ती व्यक्तिलाई मृतअवस्थामा फेला परेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...