करेन्ट लागेर महिलाको मृत्यु

19

कञ्चनपुर, १३ असोज । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले आज स्थानीय ५५ वर्षीया करडीदेवी रावतको करेन्ट लागेर मृत्यु जानकारी दिनुभयो । आफ्नै घरको कोठामा पङ्खालाई ‘प्लग’मा जोड्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।

सर्पदंशबाट गम्भीर
यहाँको कृष्णपुर नगरपालिका–४ मौवाफाटामा सर्पदंशबाट आज एक किशोरी गम्भीर बिरामी पर्नुभएको छ । स्थानीय धनसिंह विककी अन्दाजी १५ वर्षीया छोरी सन्ध्या विकलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले बाँया हातको पाखुरामा टोकेको हो ।

घाइते किशोरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...