अर्घाखाँचीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, २४ जना घाइते

17

अर्घाखाँची १३ असोज । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जिप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु१ज ४७२४ को सो जिप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसीले बताउनुभयो । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...