संसद् भवन परिषद्लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

22

काठमाडौँ, २५ भदौ । नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद् भवनलगायत महत्त्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ ।

जेनजीहरुको आन्दोलनले क्षति पुगेको नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो ।

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै, आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...