काठमाडौँ, २३ भदौ । काठमाडौँमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।
बानेश्वरमा भएको आन्दोनमा परी १९ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक पवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार २५६ जना घाइते भएका छन् ।
उहाँले भन्नुभयो,‘अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुई सय ५६ जना घाइते र २२ जना गम्भीर घाइते छन् ।’