पछिल्लो २४ घन्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि : ६ को मृत्यु

187

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ८ सय २८ जनामा गरिएको पिसिआर परीक्षणको नजितामा ३ सय २ पुरुष र १ सय ७९ महिलागरी ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ सय ८१ जनासहित देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । यीमध्ये ६ हजार ४ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ७ सय ३१ जनाले कोरोना जितेका छन् । योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ जना पुगेको छ ।

पछिल्ले २४ घन्टा देशभर कोरोना संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयकाअनुसार थपिएका ६ जनासहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय २५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...