अटोरिक्सा दुर्घटनाः एक बालिकाको मृत्यु, दुई जना बेपत्ता

12

दार्चुला, १६ भदौ । दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उहाँले बताउनुभयो ।

होपरीगाडबाट धुलिगडातर्फ गइरहेको म१ह ११४८ नम्बरको अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खसेको हो । प्रहरी निरीक्षक रावतका अनुसार अटोरिक्सामा पाँचजना सवार थिए । चालक मनिराम भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक मनिरामका छोरा १७ वर्षीय आयुस सो दुर्घटनामा घाइते भएका छन् । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक रावतले बताउनुभयो । बेपत्ताको खोजी गर्न धुलिगडा र होपरीगाडबाट प्रहरी टोली घट्नास्थलमा पुगेको छ ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...