प्रस्तुत बजेट खर्च हुने आधारहरु देखिँदैन : डा.स्वर्णिम वाग्ले

62

काठमाडौँ, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याए पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताउनुभएको छ ।

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन । तर, घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ । तर, यो पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन । अङ्कको स्वरूप र विश्वसनीयता पुरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।’ राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...