गभर्नरमा डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

80

काठमाडौँ, ६ जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो,“माननीय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा तीन जनामध्येबाट डा.विश्वनाथ पौडेललाई गर्भर नियुक्त गर्ने निर्णय भएको छ ।”

उहाँले सिफारिस समितिले डा.विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा.दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा.पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...