पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’ सार्वजनिक

303

काठमाडौं । गायक विजय फागो वनेम र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा उषा राई र उपसना पोखरेलको स्वर पनि रहेको छ ।

दुर्लभ जन्तरेको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बिमला खजुम लिम्बूको अभिनय रहेको छ । यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङलाई पनि भिडियोमा देख्न सकिने छ ।

गीतको रचना तथा संगीत शिवसंगम राईको रहेको छ । गीतमा नेपाली युवाको विदेशिनुको पीडालाई देखाइएको गायक वनेमले बताए ।

 

Share This:
सम्बन्धित खबर
Loading...