शान्तिश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवी

30

काठमाडौँ, ३ जेठ । गायिका शान्तिश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ ।

गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सिर्जना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाइलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ ।

भिडिओमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय छ । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडिओमा उतारेका छन् ।

भिडिओको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेशनाथ अर्थात बैतडी बाजेको पनि यही भिडिओबाट १० वर्षपछि कमव्याक भएको छ । भिडिओमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडिओको छायांकन उत्तम हुमागाईले गर्नुभएको छ भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गर्नुभएको छ । गीतको भिडिओ रिदम भिआइडीबाट बजारमा आएको हो । गीतले देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्‍याउने विश्वास निर्देशक गिरीले लिनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...