नेपाल एयरलाइन्सका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा

17

काठमाडौँ, ३१ वैशाख । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन् ।

निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए । ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीेको मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको उहाँले जानकारी दिनुभयो । नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको डाँगीले बताउनुभयो ।

यस कार्यले दुर्गम भेगका नागरिकहरूमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ । आगामी दिनहरूमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तिमा चार उडान गर्नेगरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...