सांसद राई पक्राउबारे प्रहरीले दियो संसद्लाई जानकारी

26

काठमाडौँ, १४ वैशाख । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ ।

आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौँ)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख गरिएको छ ।

राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको पनि प्रहरीले सभामुखलाई जानकारी दिएको छ । सांसद राई शनिबार बेलुका काठमाडौँको कपनबाट पक्राउ परेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...