काठमाडौँ, २८ चैत । सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताले महसुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले खाली प्रचारबाजीका लागि मात्र नभएर जनताले महसुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौँ, त्यो गर्यौँ भन्ने होइन कि जनताले महसुस गर्नेगरी नै अब चाहिँ हामीले काम गरेर देखाउने समय आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेका छौँ । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ ।’
त्यस्तै, उहाँले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाउनुभयो ।
‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरुमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाए छैन । नदीहरुको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरू गर्न लाग्नुपर्छ ।’