काठमाडौँ, ३ चैत । vvले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको हो ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।
घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजल तथा मट्टितेल प्रतिलिटर १५१ भएको निगमले जनाएको छ ।