संविधानसभा सदस्य विदुर सापकोटाको निधन

14

काठमाडौँ, ८ फागुन । संविधानसभा सदस्य एवम् नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए ।

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेयबाट पीडित थिए । यसैगरी केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ ।

पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज सापकोटाको निधन भएकाले बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...