हिमालयन एअरलाइन्सद्वारा पोखराबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

40

पोखरा, १ फागुन । हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ ।

एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ । उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुँदै छ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् । अपडेटका लागि प्रतीक्षा गर्नुहोस् ।’

पोखराका मेयर धनराज आचार्यले पोखराबाट ल्हासाका लागि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनु अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘चिनियाँ सरकारले आफ्ना नागरिकहरूका लागि घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ र हामीले मनाउँदै गरेको पोखरा भ्रमण वर्ष २०२५ को सफलताका लागि यो महत्त्वपूर्ण कदम हो । यस अवसरलाई पर्यटन प्रवर्द्धनका लागि सदुपयोग गर्न पर्यटन व्यवसायीहरू, सरोकारवालाहरू तथा सम्पूर्ण पोखरेली जनसमुदायलाई आग्रह गर्दछु ।’

अब उत्तरी छिमेकमा औपचारिक उडान सुरु भएको छ र दक्षिणतर्फ आवश्यक पहल गर्न उहाँले आग्रह गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...