काठमाडौँ, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबैभन्दा पहिलो स्वतन्त्रता नै वाक स्वतन्त्रता भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा भएका प्रावधाहरु मान्य नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै झाले सामाजिक सञ्जालसम्बन्धी जुन विधेयक आइरहेको छ यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालसम्बन्धी जुन विधेयक आइरहेको छ, यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खाजिएको छ । छाडा छोड्नु हुँदैन, नियमन गर्नुपर्छ । तर, त्यसलाई अभिव्यक्ति स्वतन्त्रता अर्थात हाम्रो आधारभूत सिद्धान्तमा पनि लेखिएको को कुरालाई उल्लघंन गर्न पाइँदैन । संविधानमा पनि लेखिएको कुरा स्वतन्त्रता अर्थात् वाक स्वतन्त्रता हो । त्यसैले यो विधेयक मान्य छैन ।’