३४औँ अख्तियार स्थापना दिवस मनाइँदै

14

काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औँ स्थापना दिवस मनाउँदै छ । सोमबार भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टङ्गालस्थित आयोगको कार्यालयमा सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ ३४औँ स्थापना दिवस मनाउन लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।

संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिलाई अङ्गीकार गर्दै आफ्नो भूमिका निर्वाह गरिरहेको छ ।

संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । उक्त धारामा ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने’ उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...