भ्रष्टाचारसम्बन्धी सबै फाइल खोलेर जोकोही छानबिनको दायरामा आउनपर्छ : डा.डिला संग्रौला

7

बर्दिया, २६ पुस । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले मुलुकको अस्थिरताको अन्त्य र समृद्धिका लागि एमालेसँग सहकार्य गर्नु परेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा डा.संग्रौलाले सहकार्य एमालेसँग भएपनि प्रतिस्पर्धा पनि एमालेसँग नै हुने स्पष्ट पार्नुभयो ।

उहाँले आजको नेपाली कांग्रेसको लक्ष्य भनेको समुन्नत र समृद्ध नेपाल रहेको बताउँदै उहाँले सुशासन सार्थ समृद्धिका लागि भ्रष्टाचारसम्बन्धी सबै फाइल खोल्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुशासन र समृद्धिका लागि भ्रष्टाचारको सबै फाइल खोलिनुपर्छ । जोकोहीमाथि छानबिन हुनुपर्छ । सुशासनको जगमा मात्र समृद्धिको यात्रा तय हुने भएकाले भ्रष्टाचार न्यूनीकरण मूल एजेन्डा बनाइनुपर्छ ।’

उहाँले पार्टीको महाधिवेशन समयमै गराउन कार्यकर्ताहरुले माहोल सिर्जना गर्नुपर्ने र क्रियाशील सदस्यस्ताको टुंगो चाँडो लगाउनुपर्ने बताउनुभयो । नेताहरु एनपी साउद, अब्दुल सतार, गोविन्द बहादुर शाह र चम्पा खड्सहित लुम्बिनी प्रदेश भ्रमणमा पुग्नुभएकी डा.संग्रौलासहितको टोलीले बाँके, कपिलवस्तु, नवलपरासी र नवलपुरलगायतका जिल्ला भ्रमण गर्ने कार्यतालिका छ ।

Share This:
सम्बन्धित खबर
Loading...