काठमाडौँ, २२ मंसिर । बुद्ध एयरले १९औँ एटिआर जहाज भित्र्याएको छ । नयाँ आएको जहाज एटिआर–७२ हुन् । यससँगै एटिआर–७२ जहाजको संख्या १६ पुगेको छ ।
नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याइ डिसेम्बर महिनाको अन्त्यदेखि उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
बुद्ध एयरले कल साइन 9N–AOG जहाज फ्रान्सको एटिआर कम्पनी, तुलुसबाट भित्र्याएको छ ।
बुद्ध एयरसँग ३ वटा एटिआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन् । बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटिआर–४२–३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो । त्यस जहाजको डिरजिष्ट्रेसन प्रक्रियामा रहेको छ ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरु आफ्नो समय अनुकल उडान भर्न सक्ने’ जनाउनुभएको छ ।
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ । बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढी उडान भरिरहेको छ । अन्तरराष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ ।