रास्वपाले हेटौँडा–१२ ले आशा वीर बललाई उम्मेदवार बनाउने

21

मकवानपुर, २६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनको उम्मेदवार टुंग्याएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुने छ । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा वीर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।

‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उमेदवार पाएका छौँ, आशा वीर बल सक्षम उमेदवारर हुनुहुन्छ’ नगर सभापति ध्रुवबहादुर विष्टले भन्नुभयो ।

उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्बर १ सभापति टाकाराज थापाले दाबी गर्नुभयो ।

‘हाम्रो उम्मेदवार पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन,’ रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले भन्नुभयो, ‘यो पल्ट हेटौँडा– १२ नम्बर का जनता सचेत छन् । पक्कै पनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...