तिहार सकिएसँगै मकवानपुरका किसानलाई धान भित्र्याउन चटारो

1

हेटौँडा, २० कात्तिक । तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका छन् । भाइटीकाको भोलिपल्टदेखिनै हेटौँडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिका लगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन् ।

केही किसानले तिहारअघिनै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन् ।

दिनहुँजसो पानी पर्ने सम्भावनाका कारण पनि किसान चिन्तित बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउनुहुन्छ । खेतको धान भित्रयाएपछि तोरी, आलु, तरकारीहरु, मकै समेत किसानले लगाउने गरेका छन् ।

पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्र्याउन खेतमा खटिएका हुन् ।

बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्र्याउन व्यस्त छा्  । वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन्  । पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...