कीर्तिमानी पर्वतारोही टोलीलाई भव्य स्वागत

3

काठमाडौँ, २८ असोज । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पासहितको टोली काठमाडौँ उत्रिएको छ । शेर्पा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बन्नुभएको छ ।

३३ वर्षीया शेर्पाको टोलीले हालै तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।

उहाँसहित निमा रिन्जि शेर्पा, मिङमा ग्याल्जी शेर्पा, निर्मल पुर्जा, तेजन गुरुङ, पासाङ तेन्जी शेर्पा, दावा ग्याल्जी शेर्पा, पासाङ नोर्बु शेर्पा र मिङमीतेम्बा शेर्पालाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।

सोमबार काठमाडौँ फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल माउन्टेनियरिङ एसोसिएसनका पदाधिकारी, सदस्य एवम् शुभेच्छुकहरुले स्वागत गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...