बिपी राजमार्गमा सोमबार साँझदेखि गाडीहरु चल्ने

31

काठमाडौँ, २८ असोज । सुख्खा पहिरोका कारण पुनः अवरुद्ध भएको बिपी राजमार्गमा आज (सोमबार) साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।

असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गमा ट्रयाक खोलेर साना गाडीहरु चल्न दिइएको हो ।

चौकीडाँडा र माम्ती खोलाको नजिकको डाइभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक खुला भए पनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...