ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव बढ्यो

10

एजेन्सी, २८ असोज । चीनले ताइवानको तटमा सोमबारदेखि नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पिपुल्स लिबरेसन आर्मी (पिएलए)ले उक्त अभ्यास गरेको हो ।

उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो ।

बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठुलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ ।

(सिसिटिभी प्लस/एनएनबी)

Share This:
सम्बन्धित खबर
Loading...