नेपाल र बंगलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापार सम्झौत

18

काठमाडौँ, १७ असोज । नेपाल र बंगलादेशबीच औपचारिक रूपमा विद्युत् व्यापारसम्बन्धी सम्झौता भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा सम्झौता भएको हो ।

नेपाल विद्युत् प्राधिकरण निर्देशक कुलमान घिसिङ, बिपिडिबीका अध्यक्ष मो.रेजुल करिम र एनभिभएनकी सिइओ रेनु नारंगलेले त्रिपक्षीय ऊर्जा बिक्री सम्झौतामा हस्ताक्षर गरेपछिसँगै अब नेपाललाई बंगलादेशमा विद्युत् निर्यातको बाटो खुलेको हो ।

पछिल्लो सम्झौताअनुसार नेपालले पहिलो चरणमा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने छ ।

नेपालले यसअघि नै भारतमा विद्युत् निर्यात गर्दै आए पनि तेस्रो देशमा विद्युत् निर्यात गर्न सहमति हुन भने सकेको थिएन ।

नेपाल र बंगलादेशबीच विद्युत् खरिद बिक्रीका लागि करिब एक दशकदेखि प्रयास भइरहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...