नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्छ : मन्त्री पाण्डे

11

काठमाडौँ, ११ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाललाई शान्तिको पर्यटकीय गन्तव्य मुलुक बनाउनुपर्ने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले ४५औँ विश्व पर्यटन दिवसको नारा पर्यटन र शान्ति रहेको उल्लेख गर्दै नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक रहेको र कतै नेपाललाई हेरेर यो नारा आएको हो कि भन्ने लागेको बताउनुभयो ।

उहाँले बैद्धिक कालमा वेदका ऋचाहरुमा हाम्रा ऋषिमुनिले पृथ्वीमा शान्ति, जलमा शान्ति, आकाशमा शान्ति, वनस्पतिमा शान्तिको पक्षमा कामना गर्ने गरेको उल्लेख गर्दै त्यही बेलामा जलवायुको परिवर्तनले असर पृथ्वीले भोग्नु पर्ने छ र हामीले आकाश, जल, वायु सबैमा शान्ति खोज्नु पर्ने कुराको अनुमान गरेको उल्लेख गर्नुभयो ।

भागवान् बुुद्धले पञ्चशीलको अवधारणामार्फत् शान्तिको सन्देश विश्वलाई दिएको र केहीसमय अघि नेपालमा शान्ति प्रक्रियाको अनुगमन गर्न आएको राष्ट्र संघले पनि नेपालीहरु आफैँ शान्ति कायम गर्न सक्षम छन् भन्नेर धन्यवाद दिँदै फर्किएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘वैदिक कालदेखि आधुनिक कालसम्म हामी शन्तिको पक्षमा रहेको र यो वर्षको नारा हामीलाई नै हेरेर बनाएको हो कि भन्ने लागेको छ ।’

उहाँले बैदिक कालमा वेदका ऋचाहरुले भने जस्तै शान्तिको परिचायक सम्वृद्धि हुन सक्ने विकास हुन सक्ने र हामीेले भौतिक शान्तिसँगै मानसिक शान्ति आवश्यक रहेकाले पर्यटनलाई हाम्रो सम्वृद्धिसँग जोडन सकिने र नेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनुपर्ने बताउनुभयो ।

विभिन्न समयमा नेपालीहरू आफैँ आफ्नो शान्ति कायम गर्न सक्षम भएको दाबी गर्दै मन्त्री पाण्डेले हाम्रो देशलाई शान्तिको गन्तव्य बनाउनुपर्ने बताउनुभयो । फरक प्रसंगमा मन्त्रीले अहिले हामीलाई चाहिएको समृद्धि हो, त्यसका लागि रणनीतिक रूपमा पर्यटनलाई प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो ।

हाम्रो विविधता पूर्ण संस्कृति र प्रकृतिलाई संसारभर पुर्‍याउनु जरुरी रहेको बताउनुभयो । नेपालको पर्यटनको विकास गर्न नेपाली आकास सुरक्षित छ भन्ने सन्देश विश्वमा पुर्‍याउन जरुरी रहेको उहाँको भनाइ थियो ।

आफूले लिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्ने बताउँदै यदि काम गर्न नसक्ने हो भने जिम्मेवार निकायमा रहेको जो सुकैले राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो । पछिल्लो समय लगानीकर्तालाई माफियाको संज्ञा दिने गरको बताउँदै यसलाई सबैले चिर्नुपर्न उहाँको तर्क थियो ।

यदि निजी क्षेत्र अघि नलाग्ने हो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केही गर्न नसक्ने बताउँदै उहाँले लगानी गर्नेहरू माफिया नभइ समृद्धिका वहाक भएको बताउनुभयो । उहाँले पर्याप्त विमान बिना वायुसेवा निगमले प्रभावकारी सेवा दिन नसक्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि उड्डययन क्षेत्रले महत्त्वपूर्ण योगदान महत्वपूूर्ण रहेको उहाँको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...