गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

73

झापा, २८ भदौ । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ ।

बिर्तामोड ६ स्यालडागीस्थित गिरीबन्धु टि-स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेवी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर बिस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।

छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ ।

स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ ।

प्रहरीका अनुसार सो स्थानमा बिस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै बिस्फोट गराई बिस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...