काठमाडौँ, ३१ साउन । पासाङ नाम्गेल शेर्पाले ८ हजार मिटरभन्दा अग्ला १४ वटा चुचुरा र थप दुई वटा हिमालको सफल आरोहण गरेर नेपाल फर्किनुभएको छ ।
बिहीबार नेपाल पर्वतारोहण संघले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । उहाँ ८ हजार मिटरभन्दा अग्ला १४ वटा र थप दुई वटा चुचुराको सफल आरोहण गर्ने नेपालका एक मात्र आरोही हुनुहुन्छ ।
सोही क्रममा उहाँले यो १६ वटा चुचुराहरुको आरोहण गर्न २२ वर्ष लागेको भन्दै कठिन र लामो यात्रा तय गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई सबै १६ वटा चुचुराहरुको आरोहण गर्नका लागि २२ वर्ष लाग्यो । यात्रा कठिन नै थियो तर नेपाललाई यसरी चिनाउन पाउदा खुसी लागेको छ ।’
यसका साथै, उहाँले आगामी दिनमा पनि फेरि यस्तै हिमालहरु चढ्ने सोचमा रहेको बताउनुभयो ।