काठमाडौँ, २६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले होटल व्यवसायीलाई सकारात्मक रुपले हेर्नु पर्ने बताउनुभएको छ ।
शनिबार एकता होटल तथा गेष्टहाउस व्यवसायी संघ नेपालको १२औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले काम गर्ने सबैलाई नकारात्मक रुपमा हेर्न नहुँने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले होटल व्यवसायीहरुलाई राम्रो तरिकाबाट हेर्नुपर्छ, काम गर्ने सबैलाई नकारात्मक रुपले हेर्छौँ, यसलाई सकारात्मक दृष्टिकोणले हेर्नका लागि हामीले राम्रा उपायहरु गर्नुपर्छ भन्ने नै हो । यसमा राज्यले शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्छ, शान्ति सुरक्षा, सुशासन नभए कुनै पनि व्यवसायीहरु फस्टाउन सक्दैनन् ।’
साथै, उहाँले सबैभन्दा पहिले बागमती प्रदेश सरकारले शान्ति सुरक्षाका लागि व्यवस्थित रुपमा व्यवसायीहरुको प्रत्याभूति जोगाउने बताउनुभयो । उहाँले होटल व्यवसायीहरुलाई प्रोत्साहित गर्न सके पर्यटनको क्षेत्रलाई अझ व्यवस्थित गर्न सक्ने बताउनुभयो ।