सप्तरीमा पिसिआर परीक्षणको दायरा बढाउन माग

149

राजविराज । सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा कोरोना संक्रममित बढ्न थालेको जनाउँदै पिसिआर परीक्षणको दायरा बढाउन माग गरेको छ । जिल्लामा दैनिक संक्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भीडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन माग गरिएको हो ।

सोही बैठककले जिल्लामा स्वाब परीक्षण गर्ने भिटीएम र किट (रिएजेन्ट) लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन संघ र प्रदेश सरकारलाई आग्रहसमेत गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोनाको अवस्थाबारे अवगत गराएका थिए ।

सो बैठकमा विभिन्न निकायका सरोकारवाला, राजनीतिकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको थियो । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने एक हजार ३ सय ६२ संक्रमित भएका छन् । ती मध्ये एक हजार १ सय ३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...