पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालन हुन्छ : प्रधानमन्त्री ओली

71

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइ एयर एसियाले हिजो (शुक्रबार)देखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको जनाउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, ‘थाइ एयर एसियाले हिजोदेखि साताको चार दिन भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको छ । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ ।’

विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरूलाई अनुरोध गर्दै ओलीले भन्नुभयो,‘हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ । यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ । विमानस्थल सञ्चालनसम्बन्धी सुझाव दिन विज्ञहरूलाई समेत अनुरोध गर्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...