काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार दिउँसो राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गर्नुभयो ।
१२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गरिएको छ । चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ ।
कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाए पनि गभर्नर स्वयंले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताउनुभयो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्यवृद्धि सीमित राख्ने लक्ष्य लिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएको गभर्नर अधिकारीले बताउनुभयो ।
Monetary_policy_2081-082