सौर्य एयरलाइन्स दुर्घटनाबारेको अध्ययन प्रभावकारी ढंगले अघि बढ्छ : मन्त्री पाण्डे

18

काठमाडौँ, १० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको बारेमा प्रभावकारी कार्यान्वयनको बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको बैठकमा उहाँले घटनाको निचोड निस्कने हिसाबले अध्ययन गर्ने भन्दै प्राप्त प्रतिवेदनको कार्यान्वयन पनि प्रभावकारी रुपमा गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस घटनाको बारेमा धेरै प्रश्नहरु उठेको छ । समिति बनाएपनि प्राप्त प्रतिवेदनको कार्यान्वयन सरकारले नगरेको हुनाले यस्तो समस्याहरु आएको भन्ने कुरा छ । यही प्रश्नहरुको सेरोफेरोमा यसपटकको अध्ययनलाई राम्रो तरिकाले निचोडमा पुर्‍याउने, सत्यको नजिक पुग्ने, घटनाको बारेमा राम्रो छानबिन गर्ने नै छौँ । त्यसबाट निस्किएको प्रतिवेदनलाई शतप्रतिशत कार्यान्वयन गर्ने दिशामा बाटो तय गर्ने भन्ने प्रतिबद्धता र संकल्प प्रस्तुत गरेका छौँ ।’

यस्तै, उहाँले अध्ययन समितिले ४५ दिनभित्र प्रतिवेदन दिने हिसाबले काम अगाडि बढाउने पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक, व्यवस्थापकीय कारण, मानविय त्रुटी के हो त्यसको बारेमा स्पष्ट धारणा राख्न सक्ने अवस्था छैन । यसबारेमा अध्यन गर्नका लागि मन्त्रिपरिषद्को बैठकले अध्यन समिति बनाएको छ । ४५ दिनभित्र त्यो समितिले प्रतिवेदन दिनेछ ।’

Share This:
सम्बन्धित खबर
Loading...