काठमाडौँ, ९ साउन । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइनसको ९एन एएमई कलसाइनको सिआरजे २०० जहाजमा १९ जना यात्रु रहेको बुझिएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको हो । जसमा सर्वसाधारण यात्रु थिएनन् । सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इञ्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा सवार रहेको बुझिएको छ ।
विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइररहेको प्रहरीले जनाएको छ ।
विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ ।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।