गंगालाल अस्पताललाई पाँच सय शय्यामा विस्तार गरिन्छ : मन्त्री पौडेल

33

काठमाडौँ, १ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सहिद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनुभएको छ ।

मन्त्रालयको पदभार सम्हालेलगत्तै सहिद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

केपी शार्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुग्नुभएको हो ।

मन्त्री पौडेलले केन्द्रका कार्यकारी निर्देशकलगायत कर्मचारीहरूसँग छलफल गरी अन्य विभिन्न विषयमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो क्रममा गङ्गालाल अस्पताललाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताउनुभयो । उहाँले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभयो ।

अघिल्लो सरकारको नीति तथा कार्यक्रममा समावेश भएअनुसार यस केन्द्रलाई प्रतिष्ठानमा स्तरोन्नति गर्ने योजनालाई कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...