बढ्यो पेट्रोलियम पदार्थको मूल्य

15

काठमाडौँ, १ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

बढेको मूल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टितेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...