देशमा आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउँछौँ : गर्भनर अधिकारी

73

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको समग्र आर्थिक स्थायित्व बढाउनेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

बिहीबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान)ले काठमाडौंमा आयोजना गरेको आगामी मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा उहाँले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल गर्ने र वित्तीय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै गर्दा देशको समग्र आर्थिक स्थायित्व कसरी बढाउन सकिन्छ भन्ने नै हो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ, वित्तीय क्षेत्रलाई कसरी स्थायित्व दिन सकिन्छ, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य कसरी हासिल हुन्छ भनेर नै तयारी गरिरहेको छौँ । जसले गर्दा बैंकिङ सिस्टमहरु आकर्षक बनाउन सकुन भन्ने हो ।’

उहाँले विदेशी मुद्रा कुनैपनि चाहिएको बेला अप्ठ्यारो नपरोस् भनेर बाह्य क्षेत्रलाई कसरी सवल बनाउने भन्नेतर्फ पनि ध्यान दिएको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...