काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७० करोडको बजेट

23

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सोमबार महानगरपालिकाको नगर सभाको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बेजट वक्तव्य प्रस्तुत गर्नुभएको हो ।

डंगोलले महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको जानकारी दिनुभयो ।

‘काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८१/८२ को लागि कुल २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेका छौं । यसअन्तर्गत काठमाडौँ महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी कुल १ अरब ५० करोड रहेको छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरुका लागि १९ करोड ९ लाख विनियोजन गरिएको छ, जुन कुल बजेटको ०.७९ प्रतिशत हुन आउँछ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि ३ अर्ब ४९ करोड ४५ लाख २९ हजार विनियोजन गरिएको छ, जुन कुल बजेटको १४.४४ प्रतिशत हुन्छ’, बजेट वक्तव्य प्रस्तुत गर्दै उपप्रमुख डंगालले भन्नुभयो ।

महानगरले आगामी आर्थिक वर्षको लागि महानगरपालिकाको गौरवको योजनाअन्तर्गत ढल हित नदी नालालाई थप गरी ११ वटा गौरवका योजनाहरु प्रस्ताव गरेको छ ।

पूर्वाधार विकास क्षेत्रको लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट महानगरले विनियोजन गरेको छ । जुन कुल बजेटको ६१.२० प्रतिशत हुन आउँछ ।

सामाजिक विकास क्षेत्रको लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार रुपैयाँ, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको डंगोलले बताउनुभयो ।

महानगरपालिकाले चालु आर्थिकका लागि २४ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...