गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री

113

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् ।

गैरआवासीय नेपाल संघ (एनआरएन)को आयोजनामा सुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिसकेका सन्दर्भमा संसद्मा विचाराधीन नागरिक विधेयक र आगामी बन्ने कानूनमा थप सहजता निर्माण हुने स्पष्ट गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्टलगायतले शुभकामना मन्तव्य दिए ।

संघका महासचिव डा हेमराज शर्माका अनुसार यही असोज २५ सम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रबाट ३ सयभन्दा बढी प्रस्तोताको सहभागिता रहनेछ ।

सम्मेलनमा विज्ञ सम्मेलनमा चार प्लेनरी र विविध विषयमा १५ सिम्पोजियम सत्र सञ्चालन हुने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...